आजदेखि मौसम बदली, देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । केही दिनयता सफा रहेको मौसम आजदेखि पुनः बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ। आज विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागका केही स्थान, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का थोरै स्थान तथा कोशी प्रदेश र बागमती प्रदेश का पहाडी–हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिमका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा यस्तै किसिमको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

प्रि-मनसुनको समयमा दिउँसोपछि हावाहुरी चल्ने सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि देशका धेरै स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जलवायुविज्ञ उज्जवल उपाध्याय ले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडी मार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण कार्यमा सावधानी अपनाउन तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्