बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना निको भएर घर फर्किए

बुटवल – बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् ।

दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनीहरू सबै कपिलवस्तुका हुन् ।

धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देही कोटहीमाईका २४ वर्षीया युवक पनि कोरोनालाई जितेर घर फर्केका थिए । शनिबार नै नारायणी अस्पतालबाट ९ जना निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार पनि बाँकेको खजुराको शुशिल कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्