कञ्चनपुरकाे शुक्लाफाँटा-८ मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी माग

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ काे कार्यालयमा कर्मचारी माग गरिएकाे छ ।
शनिबार वडा अध्यक्ष बहादुर सिँह महराले फेसबुकमा पाेष्ट गर्दै भान्सेदेखि लिएर स्वास्थ्यकर्मीहरूसम्मकाे माग गरेकाे छ । फेसबुककाे पहिलाे पाेष्टमा उहाँले लेख्नुभएकाे छ । “शुक्लाफाँटा न.पा.८ मा रहेका भुतपुर्व नेपाली सेना, नेपाल प्रहरी, सशश्त्र प्रहरी र जनमुक्ति सेनाका साथीहरू सम्पर्क गर्नुहाेला ।”
यसबाट प्रष्ट हुन्छकि क्वारेन्टाइन व्यवस्थापन तथा काेरना भाईरस नियन्त्रण प्रतिकार्यका लागि कर्मचारी मागेकाे हुनुपर्छ ।
यस्तै उहाँले दाेस्राे पाेष्ट गर्नुभएकाे छ “एच.ए. अहेब, सिमए, अनमी अध्ययन गरेका तथा अन्य स्वास्थ्यकर्मी साथीहरू अनिवार्य सम्पर्क गर्नुहाेला।” सिट संख्या नताेके पनि वडा कार्यालयमा स्वास्थ्यकर्मी माग गरिएकाे प्रष्ट हुन्छ ।
यसैगरी अर्काे फेसबुक पाेष्टमा उहाँ लेख्नुहुन्छ “शु.न.पा.८ कञ्चनपुर क्वारेन्टाइन मा २ जना भान्सेकाे आवश्यकता रहेकाे छ । लकडाउनपछि पनि जागिर पक्का” यसबाट के प्रष्ट हुन्छ कि क्वारेन्टाइनका लागि भान्सेकाे आवश्यकता रहेकाे छ । जसका लागि सम्पर्क गर्ने नम्बर ९८०६४३३९७६ रहेकाे छ ।

यसैगरी शुक्लाफाँटा नगरपालिका-८ भम्केपानीमा निर्माण गरिएकाे थारू संग्रहालयमा क्वारेन्टाइनकाे व्यवस्था गरेकाे छ जसमा भारतबाट फर्केका ४ जना पुरूषलाई राखिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्