सुदूरपश्चिम प्रदेशमा ४ हजार १३८ जनाको स्वाब परीक्षण, १० जनामा पोजेटिभ

कैलाली – सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिवाट ४ हजार १३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) भए–नभएको जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएका ४ हजार १३८ मध्ये शुक्रबार मात्र ५ जना पुरुषमा कोभिड–१९ पोजिटिभ पुष्टि भएको थियो भने यसअघि पनि ५ जनामा पोजिटिभ पुष्टि भइसकेको थियो । शुक्रबार कैलालीको जानकी गाँउपालिका बस्ने वर्ष १९, २३ र २६,का ३ जना, डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका २८ वर्षीय १ जना र बैतडी शिवनाथ गाउँपालिकाका २२ ,वर्षीय १ जना गरी ५ जनामा पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको छ ।

पोजिटिभ देखिएकाहरुको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेका छ । यसअघि पोजेटिभ देखिएका ५ जना भने उपचार पछि निको भइ घर गइसकेका छन् । स्वाव संकलन ४३६४ जनाको गरिएको र ४१३८ जाँच भएको हो । अझै २२६ जनाको स्वाबको नतिजा आउन बाँकी रहेको महाशाखाले जानकारी दिएको छ । हालसम्म आरडीटी १९ हजार ८३२ जनामा जाँच भएको छ । १९ हजार ८१२ जनामा नेगेटिभ छ भने २० जनामा पोजिटिभ नतिजा छ । पोजिटिभ सबैको पिसिआर विधिवाट जाँच भइरहेको छ । पोजिटिभ २० जनालाई सेती प्रदेशिक अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जानकारी दिएको छ । यस्तै संकास्पद थप २३ जना पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् भने अस्पताल अछाममा ३, डोटी र बैतडी अस्पतालमा समेत एक एक जना रहेका छन् । यस्तै यो प्रदेशमा ३४८१ पुरुष र ४०६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्