थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८

काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा ७ पुरूष र १ महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा १ महिला, काठमाडौंमा १ पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा १ पुरूष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्