प्याकेजमै संविधान संशोधन गर्न जसपाको माग

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएका छन् ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने भनि आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । निर्णय लगत्तै संसदमा संसोधन विधेयक दार्ता समेत भएको छ । सोही संशोधनमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले माग गरेको संविधान संशोधनको विषयलाई पनि समेट्नु पर्ने यादवको माग छ ।

संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । संविधान संशोधनको माग गर्दै मधेशी दलले पटक पटक आन्दोलन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्