छाङरुमा बीओपीको भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थाल्यो

दार्चुला – दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालेको हो ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।

सडक नहुदा यो क्षेत्रसम्म पुग्नका लागि समस्या छ । नेपाली सेनाको फौज सडकको ट्रयाक खोल्नका लागी घाँटीबगर क्षेत्रमा बिहीबार पुगेको छ । सेनाले तिङ्कर जोड्ने घोरेटो बाटो र सडकको निर्माण गर्ने तयारी थालेपछि स्थानीय खुसी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्