सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य, विभिन्न नाकाबाट नेपाली भित्रिएसँगै जोखिम भने उच्च

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

संक्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ । प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो घटना फेला परेको थियो ।

त्यसपछि पाँच जना कोरोना संक्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या शून्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए । कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्