टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४९

काठमाडौं – बिहिबरा चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका हुन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि २ जना भक्तपुर र २ जना काठमाडौँका नागरिक हुन् । टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्