आज दिउँसो अंपुन चक्रवात नेपाल प्रवेश गर्दै, मेघ गर्जन सहित वर्षा हुने, सतर्क रहन आग्रह

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उनले बताए । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव ३/४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण खोलानालाहरुमा पानीको मात्रा बढेर बाढीसमेत आउन सक्ने भएकोले त्यसबारेमा पनि सचेत हुन भनिएको मौसमविद् बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्