भारतबाट नेपाली श्रमिकको गुहारः “रोगले भन्दा भोकले मर्ने बेला भयो, हाम्रो पीडा कसले सुनिदिने ?”

काठमाडौँ – बैतडीको शिवनाथ गाउँपालिका स्थायी घर भएका करिब ३५ जना भारतको भारतको गुजरात राजकोट भन्ने ठाउँमा अलपत्र परेका छन् ।
मंगलबार उपहारखबरसँग कुराकानी गर्दै उनीहरुले लकडाउनले गर्दा आफुहरु अलपत्र परेको बताए । रोजगारीको सिलसिलामा बैतडीबाट भारत पुगेका उनीहरु होटेलमा काम गर्थे तर लकडाउनले होटेल बन्द भएपछि अलपत्र परेको महेन्द्र धनाडीले बताए । उनले भने, “लकडाउनले गर्दा होटेल बन्द भएपछि हामी समस्यामा परेका छौँ, होटलबाट खानर बस्नको व्यवस्था छैन ।” भारत लग भग २ महिना देखि लकडाउन हुँदा थुप्रै नेपाली श्रमिक भारतमा अलपत्र छन् ।

अझै लकडाउन थपिदा समस्या भएको डिएस धनाडीले बताए । उनले भने, “आज सम्म जासो तसो एक छाक खाएर बाचिएको छ, यहाँको सरकारले पनि नेपाली भनेर हेपेर अहिलेसम्म केही राहत दिएको छैन, रोगले भन्दा पनि भोगले मरिने डर छ, हामीलाई नेपाल फर्कान नसकेपनि लकडाउन अवधिभर खान र बस्नको व्यवस्था गरिदिए आभारी हुने थियौँ, लकडाउनको पालना गरि बस्ने थियौँ ।” उनले पिउने पानीको व्यवस्था समेत नभएको सुनाए । नेपाली दुतावासमा दैनिक जसाे फोन गर्दा पनि आज सम्म फोन नै नउठाएको उनले बताए । दुतावस मात्रै हैन गाउँपालिकामा फोन गर्दा जनप्रतिनिधिहरुले पनि फोन नै नउठाउने गरेको उनले गुनासो गरे । “खान बस्न धौँ–धौँ भयो, भोकले मर्ने बेला भयो, हाम्रो पीडा कसले सुनिदिने” उनले भने । भारत वा तेस्रो मुलुकमा अलपत्र परेका नागरिकहरुबारे संघीय सरकार र स्थानीय सरकारहरुले समयमै कदम चाल्नु उचित देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्