त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत आज उनले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताएकी छिन् । उनले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन अनुरोध गरेकी हुन् । सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्