विदेशमा रहेका सबै नेपालीहरुलाई तत्काल ल्याउन असम्भवः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफपछि प्रधानमन्त्री ओलीले पुरक प्रश्नको जवाफ दिने क्रममा विदेशमा रहेका ४०÷४५ लाख नेपालीलाई तत्काल ल्याउन सम्भव नहुने बताएका हुन् ।
उनले नेपाल श्रमशक्ति निर्यात गर्ने मुलुकजस्तो अवस्थामा रहँदै आएको र सोही कारण लाखौं युवा विदेशमा रहेको प्रष्ट्याए । कोरोना महामारीका कारण विश्वका विभिन्न मुलुकमा श्रम बजार बन्द हुनुअघि विदेशमा रहेका युवा जनशक्ति फर्कने अवस्था नरहेको र संक्रमण फैलिसकेको अवस्थामा लकडाउन, विमानसेवा बन्द लगायतका समस्याका कारण उनीहरु आउन सम्भव नभएको प्रधानमन्त्री ओलीले बताए ।

उनले हिसाबमा आफू कमजोर रहेको जनाउँदै ‘विदेशमा रहेका ४०÷४५ लाख युवालाई ल्याउन कति समय लाग्छ ? देशभित्र भएका सबै जहाजलाई निरन्तर प्रयोग गर्दा पनि कति समयमा उनीहरुलाई ल्याउन सकिन्छ ?’ भन्ने हिसाब गर्न सांसदहरुलाई नै आग्रह गरे ।

नेपालबाट अमेरिकाले डेढ सय नागरिक लगेजस्तो, अस्ट्रेलियाले अढाइ सय नागरिक लगेजस्तो, कतारले डेढ सय नागरिक लगेजस्तो नेपाललाई विदेशबाट आफ्ना नागरिकलाई ल्याउन सहज नहुने उनको भनाइ थियो । विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहेको र प्राथमिकताका आधारमा ल्याउन थाल्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशभित्रका नागरिकको सुरक्षाको अवस्थालाई पनि सम्बोधन गरेर आवश्यक तयारीका साथ सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्