झापा, कपिलवस्तु र सुनसरीमा १५ जना कोरोना संक्रमित थपिए

विराटनगर – प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा ११ जनालाई कोरोना संक्रमण देखिएको हो ।
यस अघि मंगलबार विहान कपिलस्तुमा पनि ४ जना कोरोना संक्रमित थपिएका छन् । मायादेवी गाउँपालिकाका ४ जनामा कोरोना संक्रण देखिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारयण पौडेलले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्