सेनाले खरिद गरेको १९ टन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

काठमाडौं – नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत मंगलबार बिहान स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सामाग्रीमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएको नेपाली सेनाले जनाएको छ । यसअघि स्थलमार्ग बाट सेनाले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्