आज बेलुका मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे विषेश निर्णय हुने

फाइल फोटो

काठमाडौँ – आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
आइतबार बेलुका ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे निर्णय हुने छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयसीमा जेठ ५ गते सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको सङ्ख्या समेत बढ्दै गएकाले लकडाउनको समय थप्दै अझ कडाइका साथ लागु गर्नुपर्नेमा सरकारी अधिकारीहरु पुगेको श्रोतको दावी छ । सरकारले कम्तिमा एक साता लकडाउन लम्व्याउने तयारी गरेको बुझिएको छ ।

बैठकमा कोरोना नियन्त्रणमा सरकारले अपनाएको सबै विषयका बारेमा विश्लेषण गर्दै थप रणनीति तय गरेर निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ । राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । आइतबार बिहानसम्म नेपालमा २९१ जना संक्रमित भेटिएका छन् भने एक महिलाको कोरोना संक्रमणबाटै मृत्यु भैसकेको छ । ३६ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्