अलपत्र कर्णाली बासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै

जुम्ला – भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई (यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ ।
बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ । यता कर्णालीप्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट दुई सय बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाईन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापन सहित पठाउने तयारी गरेको छ ।

कर्णालीमा उच्च सतर्कता
यता बाँकेमा क्वारेन्टाईन र व्यवस्थापनमा थेग्न नसकेपछि कर्णाली सरकारले उच्च सर्तकता अपनाएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबईमा आईपुगेकाहरूको व्यवस्थापनका लागि स्वास्थ्य तथा सुरक्षाकर्मीहरूको एकीकृत टोली खटाएर आवश्यक एकिन तथ्याङ्क तथा स्वास्थ्यजाँच गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका स्वकीय सचिव अनिल अधिकारीले जानकारी दिए ।
सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी जाँच नभएकालाई बबईमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारको तयारी छ । उनका अनुसार कुन जिल्लाका कति र कस्तो अवस्थामा पठाउने भन्ने तथ्याङ्कसहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई समन्वय गरी पठाउने तयारी गरिएको छ ।

जुम्लाले एस्कोर्टिङ गरेर २८ जना क्वारेन्टाईनमा राख्दै
जुम्लामा भारतबाट आएका २८ जना नेपालगञ्जबाट हिँडिसकेका छन् । उनीहरूलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखिने भएको छ । भारतबाट आएका उनीहरूलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखिने प्रमुखजिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । नाग्ममा आउनेबित्तिकै एस्कोर्टिङ गरेर ल्याईनेछ । क्वारेन्टाईनमा कडा सुरक्षा प्रबन्ध गरिनेछ । क्वारेन्टाइनको मापदण्ड पूरासहित पिसिआर परीक्षण गरिसकेपछि मात्रै नतिजाअनुसार काम हुने प्रजिअ बञ्जाडेले बताए । -गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्