हेलम्बुका २ जनाको पीसीआर रिपार्ट नेगेटिभ

सुशील सुवेदी
सिन्धुपाल्चोक – पर्साबाट बन्दाबन्दिकै समयमा केहिदिन अगाडि सिन्धुपाल्चोकको हेलम्बु आएका २ जनाको पीसीआर रिपार्ट नेगेटिभ आएको छ । हेलम्बु आएका उनिहरुको पि सि आर परिक्षणको लागि स्वाब संकलन गरि धुलिखेल पठाइएको थियो । उनिहरु दुवैजना अहिले क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिले जानकारी दिए । उनीहरुलाई आजै घर पठाईने गाँउपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिए । अहिले क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा ८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्