क्वारेन्टाइनबाट भागेका व्यक्ति मदिरा लिन गएको खुलासा

बुटवल – नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ ।

रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए । मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका थिए । क्वारेन्टाइनमा ४९ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्