भारतबाट श्रमिकको गुनासोः ‘दुतावास फोन उठाउँदैन, खानलाई पैसा छैन’ गाउँपालिका अध्यक्ष भन्छन्ः “व्यवस्थापन गर्न हामी तयार छौँ ”

काठमाडौँ – नौगाड गाउँपालिका दार्चुलाका १०० भन्दा बढी भारतको ब्याङ्लोरमा अलपत्र परेका छन् । शुक्रबार उपहारखबरलाई जानकारी दिदै उनीहरुले अलपत्र भएको बताएका हुन् । ब्याङ्लोरको इन्द्रनगर भन्ने ठाउँमा नौगाड गाउँपालिकाका मात्रै १०० जना भन्दा बढी रहेको र एकै ठाउँमा लगभग ४० जना र अरु थोरै टाढा रहेको भरत ठगुन्नाले जानकारी दिए । उनले भने “कोठामै बसेको २ महिना भन्दा बढी भयो, खानेकुरा किन्न पैसा छैन, काम गर्न बाहिर जान पाईदैन, कोरोनाले भन्दा भोकले मर्ने डर छ, मालिकले दिनुपर्ने तलब पनि दिदैन साहै्र समस्या छौँ ।” उनले आगडी भने “नेपाल सरकारले नेपाल फिर्ता ल्याउने व्यवस्था गरोस् हामी नेपालमै काम गर्न चाहन्छौ, नेपाल फर्केर क्वारेन्टाइनमा समेत वस्छौँ ।” नेपालीहरु बाहेक भारतीय कामदार आफ्नो घर फर्किसकेको र नेपालीहरु मात्रै अलपत्र परेको विरेन्द्र क्षेत्रीले बताए । उनले भने, “भारतीय कामदार हरु सबै घर फर्किसके, हामी अलपत्र छौँ, तलब माग्दा कम्पनीले दिदैन, खाना र बस्न निकै समस्या छ ।, दुतावासमा फोन गर्दा समेत फोठ उठाउँदैनन् ।”

यो विषयमा नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी सँग कुरा गर्दा दुवै देशको सरकारले उच्चस्तरीय वार्ताबाट भारतमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउनुपर्ने बताए ।  स्वदेश फार्काए गाउँपालिकाका बासीहरुकाे व्यवस्थापनको लागि गाउँपालिका तयार रहेको उनले बताए । तर स्वदेश फर्केकाहरुले पनि इमान्दारीताका साथ क्वारेन्टाइनमा बस्नुपर्ने उनको तर्क छ । भारतमा राहत पठाउन नसकिने भएकाले गाउँपालिकाले समस्या भएका घरपरिवारलाई पहिचान गरि राहत वितरणको कार्य अघि बढाएको अध्यक्ष धामीले बताए । लकडाउनको प्रत्यक्ष असर रोजगारी र अर्थतन्त्रमा परेको हुँदा गाउँपालिकाले कृषि उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए । भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएकाहरुले पनि आफनै ठाउँको विकास गर्न तत्पर हुनुपर्नेमा उनको जोड छ ।

लकडाउनको प्रत्यक्ष असर श्रमिकहरुलाई परेको छ । रोजगारीको लागि भारतमा गएका कतिपय नेपाली श्रमिकहरु अपलत्र परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्