ईरान–इजरायलको बढ्दो तनावले विश्वमा तेलको मूल्य वृद्धि हुन्छ ?

काठमाडौं – ईरान र इजरायलबीचको बढ्दो संघर्षका कारण विश्वभर कच्चा तेलको मूल्य बढ्ने प्रबल सम्भावना देखिएको छ।

विशेषगरी सोमबार बिहान एशियाली ऊर्जा बजार खुल्नेबित्तिकै तेलको मूल्यमा तीव्र वृद्धि देखिन सक्ने अनुमान गरिएको छ।

क्रिस्टोल इनर्जीकी प्रमुख कार्यकारी क्यारोल नख्लेले बीबीसीसँग कुरा गर्दै भनिन्, “अमेरिकाले गरेको हवाई आक्रमणले संघर्षलाई नयाँ स्तरमा पुर्‍याएको छ, जसका कारण परिस्थिति झनै खराब हुने डर धेरैले गरिरहेका छन्।” उनले भनिन्, “यस डरको असर तेलको मूल्यमा जियोपोलिटिकल प्रिमियमको रूपमा देखिनेछ। यो कति ठूलो हुन्छ भन्ने ठ्याक्कै भन्न सकिँदैन, तर सामान्यतया भय बढेअनुसार प्रिमियम पनि बढ्ने गर्छ।”

गत महिनाको तुलनामा करिब २० प्रतिशतले वृद्धि भएको ब्रेन्ट क्रुड तेलको मूल्य शुक्रबार साताको अन्त्यमा प्रति ब्यारेल ७७.०१ अमेरिकी डलरमा बन्द भएको छ। यद्यपि, यो मूल्य गत वर्षको यही समयमा दर्ता गरिएको मूल्यभन्दा अझै कम नै हो। कच्चा तेलको मूल्यवृद्धिले सवारी साधनमा इन्धन भर्नेदेखि लिएर सुपरमार्केटमा खाद्य वस्तुको लागतसम्म हरेक क्षेत्रमा प्रभाव पार्ने जानकारहरूको चेतावनी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्