एमालेको सचिवालय बैठक असार ११ गते बस्ने, विधान महाधिवेशनको तयारीमा केन्द्रित हुने

काठमाडौं — नेकपा (एमाले) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने भएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी महासचिव शंकर पोखरेलको विदेश भ्रमणका कारण ढिलाइ भएको बैठक अब विधान महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ।

गत माघ ८ गतेको बैठकले भदौ २०–२२ मा ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनका प्रतिनिधि दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै हुनेछन्।

पार्टीभित्र कार्यकाल र उमेरहदको बहस पुनः चर्किँदै गएको छ। एमालेले कार्यकारी पदमा ७० वर्ष उमेरहद तोके पनि कार्यकालबारे पछिल्लो महाधिवेशनमा प्रावधान हटाइएको थियो। विधानअनुसार महाधिवेशनअघि एक महिनाअघि नै संशोधन प्रस्ताव तयार पार्नुपर्ने भएकाले अबको सचिवालय बैठकले विस्तृत निर्णय गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्