काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन–प्याब्सन) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिताका दुवै विधामा अर्किड प्युपल सेकेन्डरी स्कुल विजयी भएको छ ।
प्रतियोगितामा अर्किडकी निम्साङ तामाङ र सामी सिंह नेपाली तथा अंग्रेजी हस्तलेखन दुबै विधामा विजयी स्थान प्राप्त गरेका छन्। यसैगरी, कक्षा २ की सुप्रिया शिवाकोटीले नेपाली हस्तलेखनतर्फ प्रथम उपविजेता (१st Runner-up) बनेको अर्किडका विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । उनले विजयी विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उत्कृष्ट हुने विश्वास व्यक्त गरे। साथै, प्रतियोगिता आयोजना गरेर विद्यार्थीको प्रतिभा प्रस्तुत गर्न सहयोग गर्ने एन–प्याब्सन कागेश्वरी शाखालाई विशेष धन्यवाद समेत व्यक्त गरे ।
विद्यालय परिवारले विद्यार्थीको लगनशीलता, प्रस्तुति क्षमता र आत्मविश्वासको प्रशंसा गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले उनीहरूको भविष्य उज्वल बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समिति सदस्य विद्यालयका ३८ जना विद्यार्थी सहभागी थिए ।