भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी तौलको सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी खेमानी विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेल हुँदै बाहिरिने क्रममा प्रहरीले शंका गरी जाँच गरेको थियो। जाँचका क्रममा उनले शरीरमा लुकाइ ल्याएको १ किलो १५९ ग्राम सुन फेला परेको हो।

प्रहरीका अनुसार उक्त सुन अर्धठोस अवस्थामा तीनवटा डल्ला बनाएर प्लास्टिकले बेरिएको थियो। आवश्यक अनुसन्धानका लागि उनलाई थप प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले भन्सार छली गर्ने उद्देश्यले सुन तस्करी गरिएको शंका गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्