विभिन्न प्रदेशमा स्वास्थ्य सामाग्री पठाइयो

काठमाडौं – कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट पठाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गबाट आरडिटीसहित सात हजार थान भीटीएम र पीपीईलगायत स्वास्थ्य सामग्री पठाइको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी विभिन्न २८ जिल्लामा परीक्षणको दायरा बढाउने सरकारको योजना रहेको उनले बताए । त्यसैगरी आज थप तीन व्यक्तिमा कोरोना पुष्टि भएको छ । काठमाडौँका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया बालिका र नवलपरासीका ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसहित कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या २४६ पुगेको छ । सोमा ३५ जना निको भएर घर फर्किएका छन् ।

सरकारले हालसम्म २२ हजार ६६४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडीटी विधिबाट ६२ हजार ३२७ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६०० रहेको छ । अहिलेसम्म आइसोलेशनमा २७२ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ जना छन् भने उपत्यका बाहिर २६६ रहेका छन् । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्