अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिए

काठमाण्डौ – अमेरिकाको भर्जिनियास्थित मानेसार पार्क नजिकको एक घरमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएको हृदयविदारक घटना सार्वजनिक भएको छ। ज्यान गुमाउनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय छोरा र आठ वर्षीया छोरी रहेका छन्। उनीहरू सबैको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार, मृतक परिवार करिब छ महिनाअघि उक्त स्थानमा बसाइँ सरेका थिए। घटनाको पूर्ण विवरण अझै खुल्न बाँकी रहे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकको नेपालको स्थायी ठेगाना हालसम्म सार्वजनिक गरिएको छैन। यो घटनाले अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायलाई ठूलो स्तब्धता र पीडामा पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्