माधव नेपालमाथिको मुद्दा राजनीतिक षड्यन्त्र भएको नेकपा समाजवादीको आरोप

काठमाडौं – पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एसले त्यसलाई ‘राजनीतिक प्रतिशोध’ र ‘षड्यन्त्र’को संज्ञा दिएको छ।

बिहीबार बसेको सचिवालय बैठकले अख्तियारको कदमप्रति कडा आपत्ति जनाउँदै यो प्रकरण राजनीतिक हिसाबकिताबको भाग भएको ठहर गरेको हो। उपाध्यक्ष प्रकाश ज्वालाले भने, “अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षड्यन्त्रमूलक प्रहार भएको निष्कर्ष छ। हामी यसलाई राजनीतिक रूपमा प्रतिवाद गर्छौं।”

बैठकले नेपालमाथि दर्ता भएको मुद्दालाई कानुनी रूपमा पनि प्रतिवाद गर्ने निर्णय गरेको छ। साथै, मन्त्रिपरिषद्का नीतिगत निर्णयहरूमा अख्तियारले हस्तक्षेप नगरेको विगतको अभ्यास उल्लिखित गर्दै, अहिलेको कदम सरकारले हस्तक्षेप गरेको जस्तो देखिएको नेकपा एसको आरोप छ।

“सरकारको छाया अख्तियारमा परेको हुनाले यसमा राजनीतिक प्रतिशोध र षड्यन्त्र देखिन्छ,” ज्वालाको भनाइ छ।

यसअघि अख्तियारले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्