३७ वर्षपछि नेपाल र हङकङ आमनेसामने, आज मैत्रीपूर्ण खेल हुँदै

काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे हङकङको सो कोन पोमा स्टेडियममा सुरु हुनेछ।

नेपाल र हङकङ ३७ वर्षपछि फुटबल मैदानमा आमनेसामने हुँदैछन्। यसअघि सन् १९८८ मा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।

आजको मैत्रीपूर्ण खेल २०२७ एएफसी एशिया कप छनोटको तयारीस्वरूप आयोजना गरिएको हो। छनोटको पहिलो खेलमा नेपाल मलेशियासँग २–० ले पराजित भएको थियो भने हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो।

आउँदो मङ्गलबार हङकङले भारतसँग र नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तालिका छ।

फिफा वरीयतामा पनि हङकङ नेपालभन्दा अगाडि छ। हाल हङकङ १५३ औं स्थानमा रहँदा नेपाल १७५ औं स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्