आरिफ शेखको उत्कृष्ट पारीपछि नेपालको लगातार दोस्रो जित

काठमाडौं — आरिफ शेखको करियरकै उत्कृष्ट ७८ रनको शानदार पारीको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

नेदरल्याण्ड्सले दिएको २२५ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। आरिफले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै संयमित तर प्रभावशाली पारी खेले। उनले कप्तान रोहित पौडेलसँग ५५ रनको साझेदारी गरे भने दिपेन्द्रसिंह ऐरीसँग ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारसम्म पुर्‍याए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी अविजित ३८ रन बनाए भने गुल्शन झाले अन्तिममा विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे। अन्य ब्याटरहरूमध्ये कुशल भुर्तेलले २५ रन, रोहितले २३ रन, आसिफ शेखले १९ रन, र भीम सार्कीले ११ रन बनाए।

बलिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए।

अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्