लिग–२ मा नेपाल आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

 

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल स्कटल्याण्डको फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई रोमाञ्चक एक विकेटले हराएको थियो। करण केसी निर्णायक क्षणमा नायक बनेका थिए।

नेपालले नेदरल्याण्ड्सविरुद्ध पछिल्ला पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको छ। स्कटल्याण्डलाई हराएपछि नेपालले ८ अंक जोडेर अंक तालिकामा एक स्थान उक्लिएको छ। युएई ६ अंकसहित पुछारमा छ। यस त्रिकोणात्मक एकदिवसीय सिरिजपछि नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी–२० सिरिज पनि खेल्नेछ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्