थप ५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौँ – थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमामाडौँमा गरिएको परीक्षणमा बिहिबार थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित ५ जना मध्ये सर्लाही, धनुषा र महोत्तरीका रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहिबार विहान पनि २ जनमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्