महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्‍यो

File Photo

काठमाडौं — थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटको फराकिलो जित दिंदै प्रतियोगितामा पहिलो जीत हासिल गरेको छ।

वर्षा र भिजेको मैदानका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै १८ रन बनाइन् भने सम्झना खड्का १३ रनमा र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको थियो। बहराइनकी कप्तान दिपिका रंगासिकाले मात्र १३ बलमा सर्वाधिक ३४ रन जोड्दै टिमलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याइन्। उनी श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी अनुभवी खेलाडी हुन्।

नेपालको पहिलो खेल शुक्रबार हङकङसँग तय भएको थियो तर वर्षाले मैदान खेल्न नहुने अवस्थामा पुगेपछि टससमेत हुन नसकी रद्द भएको थियो। त्यस खेलमा नेपाल र हङकङले समान १-१ अंक बाँडेका थिए। नेपालले अब मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपालको लक्ष्य महिला टी-२० विश्वकपमा स्थान बनाउने हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्