काठमाडौं, वैशाख २७। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र त्यसका पछिल्ला घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
श्रीवास्तवका अनुसार भारतले घटनास्थलमा सीमित जवाफी कारबाही गरेको भए पनि जेट हमला भएको भन्ने प्रचार तथ्यमा आधारित नरहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए।
प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाल कुनै पनि द्वन्द्वरत पक्षलाई छिमेकी राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारे। उनले नेपाल सधैं विश्व शान्तिको पक्षमा दृढ रहेको उल्लेख गर्दै आतंकवादको कडा निन्दा गरे।
राजदूत श्रीवास्तवले आतंकवादी घटनाबारे नेपाल सरकारद्वारा सार्वजनिक गरिएको वक्तव्यप्रति धन्यवादसमेत व्यक्त गरेका थिए।