भारत–पाकिस्तान तनावबीच त्यहाँ रहेका नेपालीको सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौं, वैशाख २६ । भारत र पाकिस्तानबीच उत्पन्न अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा विभिन्न सांसदहरूले भारत र पाकिस्तानमा बसोबास गर्ने नेपालीहरूको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरे।

सांसदहरूको ध्यानाकर्षणपछि सभामुख देवराज घिमिरेले पनि प्रतिनिधिसभाको तर्फबाट सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरे।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भने।

सभामुखको ध्यानाकर्षणपछि सरकारले यस विषयमा के कस्तो तयारी गरिरहेको छ भन्ने जनप्रतिनिधिहरूको चासो बढेको छ। अहिले भारत–पाकिस्तान सम्बन्धमा चिसोपन देखिएको सन्दर्भमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई लिएर समयमै पहल गर्नुपर्ने सांसदहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्