पाकिस्तानले हमाल गरेपछि दिल्ली–पञ्जाबबीचको आईपीएल खेल आकस्मिकरूपमा रोकियो, दर्शकलाई बाहिर निकालियो

 

भारत — दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल अचानक रोकिएको छ। खेलको दौरानै स्टेडियमका सबै बत्तीहरू निभाइएका छन् र सुरक्षाका कारण दर्शकहरूलाई स्टेडियम बाहिर निकालिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानतर्फबाट भइरहेका आक्रमण प्रयासहरू असफल गरिए पनि सम्भावित सुरक्षा चुनौतीको मध्यनजर गर्दै खेल तत्कालका लागि रोकिएको हो। सुरक्षाकर्मीहरूले धर्मशाला स्टेडियम पूरै खाली गराइसकेका छन्।

यस घटनाले खेलप्रेमीहरूमा आशंका र चिन्ता थपिएको छ भने आयोजकहरूबाट अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। थप विवरणका आउँदै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्