भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले लिए टेष्ट क्रिकेटबाट सन्यास

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् । टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी(२०आई क्रीकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्