काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले महाकाली करिडोर राष्ट्रिय गौरबको आयोजनामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिदै सांसद बडूले महाकाली करिडोर राष्ट्रिय गौरबको आयोजनामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
महाकाली करिडोर त्यस क्षेत्रको आर्थिक अवस्था सुधारकालागि महत्वपूर्ण आयोजना भएकाले सरकारले महत्वका साथ निर्माण गर्नुपर्नेमा वेवास्ता गरेको भन्दै सरकारको आलोचना गरे । ‘महाकाली करिडोर किन छुट्यो गौरबको योजनामा ? यस्तो योजना जसले नेपाल, भारत र उत्तरमा चीनलाई जोड्दछ र यो जोड्ने वित्तिकै तत्काल त्रिदेशीय व्यापार सुरुवात हुन्छ, माइग्रेसन रोकिन्छ र एउटा व्यापक आर्थिक गतिविधिको सुरुवात हुन्छ ।’ सांसद बडूले भने । उनले बजेट निर्माण्काबेला दार्चुला–तिंकर सडकमा पर्याप्त बजेट विनियोजनका लागि समेत सरकारसँग आग्रह गरे ।
महाकाली करिडोर राष्ट्रिय गौरबको आयोजनामा समावेश नगरिएकोमा सांसद बडूको असन्तुष्टि (भिडियो)
