मुम्बइमाथि गुजरातको रोमाञ्चक जित, ३ विकेटले हराउँदै शीर्षमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै गुजरात टाइटन्स शीर्षमा उक्लिएको छ। मुम्बईस्थित, बाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले १५५ रन बनाएको थियो। मुम्बईले दिएको १५६ रनको विजय लक्ष्य पछाएको गुजरातले १९ ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको।

१७ ओभर सकिँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि पुन: खेल सञ्चालन भई १९ ओभरसम्म घटाउँदा डकवर्थ लुइस स्ट्रेन (डिएलएस) प्रणालीमा गुजरात अगाडि रहँदै विजयी भएको हो। १७ ओभर सकिँदा वर्षाका कारण रोकिएको खेल पुन: एक ओभर थपिएको थियो, जसमा गुजरातले ६ बलमा १५ रन बनाउनुपर्ने थियो। यसमा मुम्बई इन्डियन्सले ओभर रेट पेनाल्टी पायो।

नाटकीय रूपमा जित निकालेको गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । उनले ४७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। जोश बटलरले ३० रन बनाए । साफ्रिन रोतरफोर्डले २८ रन बनाए। जेराल्ड कोइटेजले १२ रन बनाए। राहुल तेवातियाले टिमका लागि विजयी पारी खेले। उनले आठ बलमा ११ रन बनाउँदै अविजित रहे।

मुम्बईका लागि बलिङतर्फ जस्ट प्रीत बुम्रा, अश्विनी कुमार र ट्रेन्ट बोल्डले समान २-२ विकेट लिए। दीपक चाहरले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। ओपनरद्वय रयान रिकेल्टोन र रोहित शर्मा दोहोरो अङ्क बनाउन नसक्दै पेबेलियन फर्किदा बेलजाकले पारी सम्हालेका थिए। सूर्यकुमार यादवले ३५ रन बनाए। त्यसपछि कप्तान हार्दिक पाण्ड्यासहितका तीन ब्याटर दोहोरो अङ्क नबनाई पेबिलियन फर्किए। कोब्रिन बोस्चले २७ रन बनाए। गुजरातका लागि बलिङतर्फ शाही किशोरले सर्वाधिक दुई विकेट लिए। मोहम्मद सिराज, अर्षद खान, प्रसिद्ध कृष्ण, रसिद खान र जेराल्ड कोटेजले समान १-१ विकेट लिए।

मुम्बइमाथिको रोमाञ्चक जितसँगै गुजरात अंक तालिकाको शीर्षमा उक्लिएको छ। गुजरातले ११ खेलमा आठ जित र ३ हारसहित १६ अंक जोड्दै शीर्षमा उक्लेको हो। हार बेहोरेको मुम्बई हाल चौथो स्थानमा ओर्लिएको छ। मुम्बईले १२ खेलमा सात जित र पाँच हारसहित १४ अङ्क जोड्दै चौथो स्थानमा छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्