साउदी अरेबियामा ६ सय ७४ नेपालीलाई कोरोना संक्रमण

काठमाडौँ – नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन–तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको छ ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्