आजको मौसमः चट्याङसहित असिना पानी पर्ने, घर बाहिर ननिस्किनुहोला !!

काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यही प्रणालीको असरले अहिले पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ । अरु ठाउँको मौसम भने अहिले सफा नै छ । तर पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले केही घण्टापछि काठमाण्डौसहित मध्य क्षेत्रका थोरै र पूर्वका केही ठाउँमा पनि पानी पर्ने छ ।

महाशाखाका अनुसार आज मध्यक्षेत्रको तुलनामा पूर्व र पश्चिममा धेरै पानी पर्नेछ । प्रि-मनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र कतै असिना पनि पर्नसक्ने महाशाखाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्