हैदरावादलाई पराजित गर्दै गुजरात दोस्रो स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति सनराइजर्स हैदरावादलाई ३८ रनले पराजित गर्दै गुजरात दोस्रो स्थानमा उक्लिएको हो।

२२५ रनको लक्ष्य दिएको खेलमा गुजरातले हैदरावादलाई १८६ रनमा समेटेको थियो। मोहम्मद सिराज र प्रशिध कृष्णले दुई/दुई तथा इशान्त शर्मा र जेराल्ड कोइत्जीले १/१ विकेट लिए। हैदारावादका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ४ चौका र ६ छक्का हाने।

हेनरिच क्लासेनले २३ रन र ट्राभिस हेडले २० रन बनाउँदा नितिशकुमार रेड्डी २१ रन र प्याट कमिन्स १९ रन बनाएर नट आउट रहे। अन्य ब्याटर चल्न सकेनन्। पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिललले सर्वाधिक ७६ रन बनाए। उनले ३८ बलमा १० चौका र २ छक्का हाने।

जोश बट्लरले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ६४ रन बनाए। ओपनर साई सुदर्शनले २३ बलमा ९ चौका प्रहार गरी ४८ रन बनाए। त्यस्तै वाशिङ्टन सुन्दरले १६ बल खेलेर २१ रन जोडे। अन्य ब्याटर चल्न सकेनन्। बलिङतर्फ हैदरावादका जयदेव उनाडकटले तीन तथा पाट कमिन्स र जीशन अन्सारीले एक/एक विकेट लिए। दोस्रो स्थानमा उक्लिएको गुजरातको १४ अंक छ। समान अंकसहित मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ। उसले एक खेल बढी खेलेको छ। हैदरावाद नवौं स्थानमा छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्