सगरमाथाको उचाइ मापनको काम सकियो

काठमाडौं – झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो । तर लकडाउनका कारण अन्तर्रा्िष्ट्रय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए । सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्रा्ष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।

केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन् । ‘फिल्डको काम पूरा भएको छ । डाटा प्रोसेसिङको काम सकिएपछि उचाइ घोषणा गर्छौं,’ ढकालले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्