दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे महाकाली नगरपालिका–२, मुल्लाभन्नेमा सुप्र ००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका महाकाली–२ निवासी २५ वर्षीय चालक महेश भुलको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिएका छन्।

सोही दुर्घटनामा परि घाइते भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्