दार्चुला — महाकाली नगरपालिका-२, मैखोलीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार बुधबार दिउँसो साढे ४ बजे सु.प.प्र. ००१ ज ०००५ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा जीपका चालक २५ वर्षीय महेश भुल, १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाइते भएका छन्। महाकाली नगरपालिका-२, मुल्लाबाट खलंगातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।