काँग्रेसको मूल्य पद्धति राष्ट्रपतीय शासन पद्धति होइनः नेता साउद

File Photo

काठमाडौँ – नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले काँग्रेसको मूल्य पद्धति दुई दलीय शासन व्यवस्था नभइ बहुदलीय शासन व्यवस्था भएको बताउनुभएको छ ।

भक्तपुरका आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको मूल्य पद्धति राष्ट्रपतीय शासन पद्धति नभइ संसदीय शासन पद्धति भएको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको मूल्य पद्धति भनेको अध्यादेशको मार्फतबाट मात्रै शासन चलाउने, सुशासन दिने नभएको बताउनु भयो । उहाँले सामान्य अवस्थामा कानून निर्माण गर्ने अन्तिम थलो संसद भएकाले संसदबाट नै नियम कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले आर्थिक प्रगति गर्न, सुशासन दिन अध्यादेश ल्याएको कुरा पार्टीका पदाधिकारीले बोलिरहेको भन्दै सुशासन दिन र आर्थिक प्रगति गर्न कानून नै बनाउँदा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मूल्य पद्धति भनेको दुई दलीय शासन व्यवस्था होइन, बहुदलीय शासन व्यवस्था हो । हाम्रो मूल्य पद्धति भनेको राष्ट्रपतीय शासन पद्धति होइन, संसदीय शासन पद्धति हो । हाम्रो मूल्य पद्धति भनेको अध्यादेशको मार्फतबाट मात्रै शासन चलाउने, सुशासन दिने होइन, हाम्रो मूल्य पद्धति भनेको दुई वटा अधिवेशनका बीचमा अत्यन्तै जरुरी परे अध्यादेश ल्याउने, सामान्य अवस्थामा कानून निर्माण गर्ने अन्तिम थलो संसद भएकाले संसदबाट नै नियम कानून बनाउनुपर्छ भन्ने हो । केही जिम्मेवारीमै भएका साथीहरुले बोल्दा बोलेको सुन्छौँ, आर्थिक प्रगति गर्न, सुशासन दिन अध्यादेश ल्याएका हौँ । यो सुशासन दिन र आर्थिक प्रगति गर्न त कानून नै बनाउँदा राम्रो हुन्छ । कानूनकै बाटोबाट त्यहाँ पुग्न सकिन्छ । अध्यादेश त दुई अधिवेशनको बीचमा नगरी नहुने काम सरकारले गर्नुपरेको खण्डमा ल्याउने हो ।’

नेता साउदले ४ वर्षभित्रै महाधिवेशन हुनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्