चाबहिलमा एक युवकको हत्या

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्