सुन र चाँदीको मूल्यमा भारि वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ –  नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्