आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग साउदको माग

File Photo

काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिसभाको शुक्रबार बसेको बैठकको शुन्य समयमा बोल्दै उनले सरकारद्वारा गठित समितिको सुझाव अनुसार पुनः नापी गरेर आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् ।

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुईवटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्