कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

धनगढी – कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्