चौथो हारसँगै श्रृंखला जित्ने नेपालको सम्भावना समाप्त

नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई श्रृंखलमा चौथो हार सामना गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल मंगलवार थाइल्याण्डसँग ५ रनले पराजित भएपछि जारी श्रृंखलामा तेस्रो हार व्यहोरेको हो । त्रिकोणात्मक श्रृंखलामा लगातार चौथो हारसँगै उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित श्रृंखलामा अब नेपालले बुधवार पाँचौं खेल नेदरल्याण्ड्ससँग र छैटौं खेलमा शुक्रवार थाइल्याण्ड्सँग खेल्नेछ । मंगलवार थाइल्याण्डले दिएको १०७ रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउन सकेन । नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा १०१ रन मात्र जोड्न सक्यो ।
शिर्ष चार ब्याटर सस्तैमा आउट भएपछि नेपाल शुरुमा नै दबाबमा प¥यो । ओपनरद्वय सम्झना खड्का ५ रनमा र ममता चौधरी शुन्य, कप्तान इन्दु बर्मा ३ रन तथा बिन्दु रावल शुन्यमा लगातार आउट भए । यससँगै नेपाली टोली ४.२ ओभरमा ८÷४ को नाजुक अवस्थामा पुग्यो । यसपछि दबाबमा परेको नेपालले सुस्त ब्याटिङ ग¥यो । तर पाँचौं विकेटका लागि पूजा महतो र रुबिना क्षेत्रीले ४४ रनको साझेदारी गर्दै इनिङ सम्हाले । १३ औं र १४ औं ओभरमा क्रमशः रुविना २६ रन र पूजा १८ रनमा आउट भए । पूजाले २८ बलमा दुई चौका र रुविनाले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।  यससँगै नेपाली टोली दबाबमा प¥यो ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले ठूलो सट खेल्दै जितको आशा दिलाए पनि सम्भव भएन । १९ औं ओभरको अन्तिम बलमा कविता २४ रनमा बाउण्ड्री लाइनमा क्याच भइन् । उनले २० बलमा तीन चौका र एक छक्का हिर्काइन् । रोमा थापा १९ बलमा दुई चौकासहित १९ रनमा नटआउट रहिन् । थाइल्याण्डकी बलर थिपात्चा पुथावाङले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदै नेपालको इनिङ धराशायी बनाएकी हुन् । चार ओभर गरेकी फनिता मायाले दुई विकेट लिँदै ११ रन मात्र दिइन् । नेपालले दुई विकेट रनआउटका रूपमा गुमाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो ।
थाइल्याण्डका शिर्ष तीन ब्याटर नाताया बोचाथाम १०, अफिसरा सुवान्चोनरथीले १७ र नानापात कान्चारोइन्काईले १९ रनमा आउट भइन् । त्यस पछिका ब्याटर नाथाकान चान्थम र कप्तान नारुइमोल चाइवाइ शुन्यमा तथा फनिता माया १ रनमा आउट भए । यसपछि नेपाली बलरले दबाब बनाइ राखे । उनीहरूले १५ ओभरसम्म अनुशासित बलिङ गरे । १२.५ ओभरमा ५६÷६ को स्थितिमा थियो । तर, अन्तिम पाँच ओभर भने समालिन सकेन र ४३ रन बेहो¥यो । सातौं विकेटका लागि थिपात्चा पुथावङ र चानिदा सुथिरुवाङले ५० रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । पुथावङ २५ र चानिदा २७ रनमा नटआउट रहे ।
नेपालले फिल्डिङमा पनि लगातार गल्ती गरेपछि थाइल्यान्डका ब्याटरलाई मद्दत मिलेको थियो । नेपालको बलिङमा मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै १८ रन मात्र दिइन् । पूजा महतो र रचना चौधरीको नाममा समान एक विकेट रह्यो । रचनाले चार ओभरमा १६ रन मात्र दिएर किफायती बलिङ गरिन् । अब नेपालले बुधवार नेदरल्याण्डसँग खेल्नेछ । श्रृंखलामा यो पाँचौं खेलमा हुनेछ । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्